sevenstartv.com ७ पुष २०८२, सोमवार

ललितपुरका बाढीपीडितलाई नेपाल तामाङ घेदुङको राहत

२ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । गत असोज ११ र १२ गते आएको अविरल वर्षासँगैको बाढी पहिरोका कारण ज्यान गुमाएका ललितपुर जिल्लाका ३ स्थानीय तहका परिवारलाई नेपाल तामाङ घेदुङले राहत रकम वितरण गरेको छ । नेपाल तामाङ घेदुङको सहकार्य र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा संकलन रकम बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई शनिबार वितरण गरिएको हो ।

नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति, सल्लाहकारहरु, नेपाल तामाङ घेदुङका प्रवासस्थित शाखाहरु र घेदुङमा आवद्ध प्रवासस्थित तामाङ संघसंस्थाहरुबाट संकलित राहत रकम ललितपुरको बागमती गाउँपालिकाका २ जना मृतकका परिवार, कोन्ज्योसोम गाउँपालिकाका ३ जना मृतकका परिवार र महाकांल गाउँपालिकाका १३ जना मृतकका परिवारलाई भेटी हस्तान्तरण गरिएको नेपाल तामाङ घेदुङले जनाएको छ । 

बागमती गाउँपालिकामा वडा नम्बर १ का अध्यक्ष ज्ञानबहादुर लाको रोहबरमा वडा कार्यलय मानेडाँडामामृतक परिवारलाई जनही २४ हजारका दरले नेपाल तामाङ घेदुङका कार्यबाहक अध्यक्ष सन्चु ब्लोन तामाङले हस्तान्तरण गरिन् । कोन्ज्योसोम गाउँपालिकामा वडा नम्बर ३ गोठभन्ज्याङमा गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा र उपाध्यक्ष राजन घिमिरेकासाथै वडा नम्बर ५ मा भारदेउमा वडाअध्यक्ष  विजय स्याङतानको रोहबरमा एकैपरिवारका २ सहित ३ मृतकका आफन्तलाई घरमै पुगेर रकम दिइएको थियो ।

ललितपुरकै महांकाल गाउँपालिकामा बाढिपहिरोका कारण मृत्यु भएका १३ जनाको परिवारलाई पालिका उपाध्यक्ष डोल्मा गोले तामाङ र वडा नम्बर २ का अध्यक्ष जोनी ङेसुरको रोहबरमा राहत रकम हस्तान्तरण गरिएको घेदुङले जनाएको छ । यसअघि काभ्रेको तिमाल र नमोबुद्ध नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत रकम वितरण गरिसकको घेदुङले अब सबैभन्दा बढी प्रभावित काभ्रेकै रोशी र बेथानचोक गाउँपालिकामा राहत वितरण गर्ने जनाएको छ ।

घेदुङ संघफय समितिका अनुसार अन्तर्राष्ट्रिय तामाङ परिषद समेतको समन्वयमा नेपाल तामाङ घेदुङ इजरायल, नेपाल तामाङ घेदुङ रोमानिया, नेपाल तामाङ समाज जापान,तामाङ समाज पोर्चुगल, तामाङ समाज युके, तामाङ समाज बेल्जियम, नेपाल तामाङ घेदुङ मलेसियाबाट रकम संकलन भएको हो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्