sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । डोटीको शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा मोटरसाइकल र  जिप एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार साँझ  डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु भएको हो । 

दुर्घटनामा  घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि धनगढी पठाइएको छ । ठक्कर दिने जीप र त्यसका चालककको खोजी भइरहेको छ ।

 

यो पनि पढ्नुहोस्