sevenstartv.com ९ पुष २०८२, बुधवार

जलवायु वित्तको माग गर्दै काठमाडौँसहित १६ सहरका  सडकमा र्‍याली

१ मंसिर २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । जलवायु वित्तको माग गर्दै काठमाडौँसहित नेपालका विभिन्न १६ सहरमा मानिसहरू सडकमा उत्रिएका छन् । जलवायु अभियन्ता, नागरिक समाज, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्ति, साना किसान, आदिवासी र स्थानीय समुदायले विश्वव्यापी रूपमा अजरबैजानको बाकुमा जारी कोप–२९ को समर्थनमा सडकमा र्‍याली गरेका हुन् ।

यो र्‍यालीले वैश्विक उत्तर ग्लोबल नर्थका सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण ग्लोबल साउथप्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ । शनिवार बिहान आयोजना गरिएको र्‍याली काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएर रत्नपार्क सम्म पुगेर समापन भएको छ । र्‍यालीको क्रममा विभिन्न झाँकी प्रदर्शनका साथै सचेतनात्मक नारा पनि लगाइएको थियो ।

काठमाडौँका अलावा चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगन्जमा समवर्ती गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।  औद्योगिक देशले ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर छ त्यो चुकाउनु पर्ने माग र्‍यालीका सहभागीहरूले गरेका छन् ।

उनीहरुले अहिलेको यो अभियान भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता भएको र विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्यूनीकरण गर्ने दाबी गरेका छन् ।

यो पनि पढ्नुहोस्