sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आज २० औँ राष्ट्रिय कफी दिवस

१ मंसिर २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं ।   आज २० औँ राष्ट्रिय कफी दिवस । ‘नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ । नेपालमा १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि कफी खेतीको सुरूआत भएको मानिन्छ । नेपालमा शुरूदेखि नै रोपण गरेको कफी अराविका जातको हो ।

अराविका कफी पारखीको पहिलो रोजाईमा पर्ने र विश्वमा कुल उत्पादनको झन्डै ७५ प्रतिशत यही जातको उत्पादन हुने गरेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा बढ्दै गएको छ । नेपालमा उत्पादन भएको कफीले आन्तरिक माग एक महिना पनि नधान्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । साथै नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । तर मागअनुसार आपूर्ति नहुँदा विगत केही वर्ष कफीको आयात बढेकोमा पछिल्ला दुईरतीन वर्षमा न्यून मात्रामै भए पनि निर्यात गर्न थालिएको छ ।

भन्सार विभागको आर्थिक वर्ष २०७९र०८० को तथ्याङ्कअनुसार १३ करोड ४ लाख रुपैयाँ बराबरको ७७ दशमलव ८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको ४ सय ५० मेट्रिक टन कफी आयात भएको थियो । त्यस्तै २०८०र०८१ मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४ सय ४३ मेट्रिक टन कफी आयात भएको तथ्याङ्क छ ।

२०८\८१ मा नेपालभर झण्डै पाँच सय मेट्रिक टन ग्रीनबीन कफी उत्पादन भएको छ । देशभर चार हजार तीन सय हेक्टरमा कफी खेती विस्तार भएको छ ।

यो पनि पढ्नुहोस्