महानगरले चलायो गौशालामा डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमति संरचनामा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।
शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा तथा फुटपाथ अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन डोजरसहित गौशाला पुगेको थियो । सो क्रममा स्थानीय र महानगर प्रहरीबिच केहीबेर तनावको अवस्था समेत भएको थियो ।
स्थानीयको विरोधका बिच महानगरले संरचनामा डोजर चलाएको छ ।

.gif)