sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

काठमाडौंको प्रदूषण सुधारिँदै

३० कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ ।

आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ । बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो भने १ सय ७० एक्यूआई प्रदूषण मापन गरिएको थिथो । विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर पहिलो स्थानमा यथावत छ । लाहोरको ७ सय ८० एक्यूआई मापन गरिएको छ ।

भारतका ३ सहर विश्वको प्रदूषित १० सहरभित्र परेका छन् । आक्यूएअरका अनुसार भारतको  दिल्ली दोस्रो स्थानमा छ । दिल्लीको प्रदूषण ७ सय ४९ मापन गरिएको छ । त्यस्तै भारतकै कलकत्ता पाँचौं नम्बर छ । कलकत्ताको प्रदूषण १ सय ८१ एक्यूआई मापन गरिएको छ । त्यस्तै १ सय ५७ एक्यूआईसहित मुम्बई दशौं स्थानमा छ ।

 

यो पनि पढ्नुहोस्