sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेप्से परिसूचक १३.९५ अंकले बढ्याे

२९ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । 

यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । आज १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो । १५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १।३४ प्रतिशत बढ्यो । 

त्यस्तै विकास बैंक १.२१, बैंकिङ ०.४४, होटल तथा पर्यटन ०.९३, माइक्रोफाइनान्स ०.७७ तथा अन्य समूह ०.६३ प्रतिशत बढ्दा । फाइनान्स ०.०९, लगानी ०.०३, जीवन बीमा ०.०३, उत्पादन ०.३, निर्जीवन बीमा ०.०८ र व्यापार समूह ०.६२ प्रतिशत घटेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्