sevenstartv.com ९ पुष २०८२, बुधवार

जुवा तास खेलिरहेका ७ जना पक्राउ

२९ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । जुवा तास खेलिरहेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका-१६ अमरदीपबाट ७ जना पक्राउ परेकान छन् । 

 प्रहरीका अनुसार गौमाया गुरुङले आफ्नै घर कोठाभित्र जुवा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई एक लाख बाह्र हजार नब्बे रुपैयाँसहित पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–१६ दिपका ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षिया गौमाया गुरुङ, ३८ वर्षिया जुनिता भट्टचन, वडा नं ८ सिमलचौरका ६४ वर्षीय गौमान गुरुङ, ४८ बर्षिया रुपा गुरुङ, वडा नं १३  पाटनबेशीका ४० वर्षीय हेमराज गुरुङ र वडा नं २७ अर्घौचोकका ४६ वर्षीय बुद्धि बहादुर गुरुङ पक्राउ उरेका हुन् । 

हारजित हुनेगरी जुवा तास खेलिरहेका उनीहरूलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुनेसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

यो पनि पढ्नुहोस्