sevenstartv.com ९ पुष २०८२, बुधवार

भरुवा बन्दुकसहित एक जना पक्राउ

२८ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । जिल्लाको क्व्होलासोथार गाउँपालिका-९ छापागाउँबाट अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

५० वर्षीय मङ्गले परियार पक्राउ परेका हुन् । प्रहरीलाई प्राप्त विशेष सूचनाको आधारमा प्रहरी चौकी गिलुङ लमजुङबाट खटिएको टोलीले निजलाई पक्राउ गरेको हो ।

परियारमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्