अरिङ्गाल पोलेर फर्किँदा भीरबाट खसेका रामकुमार उप्रेतीको उद्धार
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ७ र ८ को सिमानास्थित झर्ना कटेज नजिकैको भीरबाट लडेर घाइते भएका एक जनाको प्रहरीले उद्धार गरेको छ ।
अरिङ्गाल पोली फर्कने क्रममा ५ जनामध्ये सोही गाउँपालिका ८ बस्ने २५ वर्षीय रामकुमार उप्रेतीको नं १५ गण काभ्रे, नं १६ गण सिन्धुपाल्चोक र स्थानिय प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।
उक्त घटना राति भएको र जानकारी प्राप्त भएपछि सशस्त्रको टोली उद्धारका लागि पठाइएको थियो । अन्दाजी ३० ४० मिटर तल खोल्सामा खसेर टाउको र ढाडमा चोट लागि गम्भीर घाइते भएका उनलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

.gif)