sevenstartv.com ९ पुष २०८२, बुधवार

पर्यटनमन्त्री बद्री पाण्डे कांग्रेस सांसद बजगाई बिरुद्ध अदालत जाने

२८ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफुमाथी गाली बेइज्जती चरित्रहत्या मिथ्या आरोपको बिषयमा अदालत जाने बताउनुभएको छ । कांग्रेस सांसद राजेन्द्र बजगाई बिरुद्ध मन्त्री पाण्डे अदालत जाने हुनुभएको हो । उहाँले आफु माथी सांसद बजगाईले मिथ्या आरोप लगाएको बताउनुभएको छ । यसउका विरुद्ध कांग्रेसको अनुशासन समितिमा उजुरी दिइसकिएको उहाँले बताउनुभयो । पर्यटन मन्त्रीले करोड घुस लिएर क्यासिनो लाइसेन्स दिएको कांग्रेस सांसद बजगाईँको दाबी गरेको भन्दै समाचार बाहिरेको थियो । आफुमाथी षणयन्त्र रच्न यो कदम चालिएको मन्त्री पाण्डेको भनाई छ ।

सांसद बजगाईले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गर्दै भनेका छन एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरेका छन् । मन्त्री पाण्डेले कांग्रेसका कुन नेताको घरमा पैसा पठाउन लगाए भन्ने सांसद बजगाईले खुलाएका छैनन् । मन्त्री पाण्डेमाथि पर्यटन बोर्डको सिइओ नियुक्तिमा समेत पैसा खाएको आरोप छ ।

यद्यपी पाण्डेले भने गुटको नेताले भनेर नियुक्ति गरेको भन्दै पैसा आफूले नलिएको जिकिर गर्नुभएको छ । सांसद बजगाईंलाई मन्त्री पाण्डेले  स्वार्थ समूहको बिचौलियासँग सम्झौता नगर्ने बताउनुभएको छ । मन्त्री पाण्डेले सेभेन्स्टारसँग भन्नुभयो ‘करोड होइन, कौडी खाएको पुष्टि गरे पशुपतिनाथको ढोकामा आएर आत्महत्या गर्ने प्रतिज्ञा गरेर राजनीतिमा आएको हुँ’ उहाँले भन्नुभयो आफूले निष्ठाको राजनीति गरिरहेको भन्दै उहाँले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरूसँग प्रतिवाद उत्रिएको बताउनुभयो ।

‘पहिले राजनीतिक व्यक्तिहरू शक्तिशाली हुनुहुन्थ्यो, अहिले स्वार्थ समूहहरू शक्तिशाली भएको मैले देखिराखेको छु । मन्त्री पाण्डेले भन्नुभयो । मैले ३–४ महिनाको यो कामको अनुभवमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारहरूले मलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल र आत्मविश्वासलाई गिराउने गरी केही प्रचारबाजी गरेको देखेको छु ।’उसका बिरुद्धमा कानुनी कारबार्ही गर्ने उहाँले बताउनुभयो । 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्