sevenstartv.com ९ पुष २०८२, बुधवार

कालीगण्डकी नदीमा डुबेर एक जना बेपत्ता

२८ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं ।  कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीका ४९ वर्षीय दिपेन्द्र न्यौपाने बेपत्ता भएका हुन् । 

कात्तिक २७ गते मंगलबार साँझ पौडी खेलेर नदि पार गरिदिन्छु भन्दै नदीमा पसेको दिपेन्द्र बेपत्ता भएको स्थानीयहरुले जनाएका छन् । दिपेन्द्रले मदिरा सेवन गरेर नदीमा पसेको हुन सक्ने बताइएको छ । 

दिपेन्द्रको खोजी कार्यका लागि पुर्तिघाट प्रहरी चौकी र स्थानीय युवाहरुको टोली परिचालन भएको र खोजी कार्य जारी राखिएको छ । 

यो पनि पढ्नुहोस्