sevenstartv.com ९ पुष २०८२, बुधवार

पाथीभरामा केबलकार शिलान्यास गर्न खोज्दा झडप

२३ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको पाइएको छ ।

प्रहरीका अनुसार आज दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।

कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेको .जनाइएको छ ।  पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो । यद्यपि, पछिल्लो समय पाथीभरा केबलकार कम्पनीले ठेक्का पाएपछि निर्माण सुरु गर्ने प्रयास भएको थियो ।

 

 

 

 

यो पनि पढ्नुहोस्