माघदेखि घरजग्गा किनबेच गर्न, बैंकमा खाता खोल्न र सिमकार्ड लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । आगामी १ माघदेखि घरजग्गा किनबेच गर्न, बैंकमा खाता खोल्न र सिमकार्ड लिनका लागि राष्ट्रिय परिचयपत्र एनआइडी अनिवार्य हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसको कार्यान्वयनका लागि सम्बन्धित निकायसँग छलफल अघि बढाएको छ ।
गत १० असारमा यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भइसकेको छ । त्यसैलाई कार्यान्वयन गरी सरकारी सेवा प्रवाहलाई सहज, व्यवस्थित र त्रुटिरहित बनाउन राष्ट्रिय परिचयपत्रको उपयोगिता बढाउन लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
यो प्रणालीले ग्राहकलाई समेत सहज हुने र किर्ते कामहरू बन्द हुने हुन्छ । यो प्रणाली लागू भएपछि ग्राहकले बैंकमा खाता खोल्दा केवाइसी नो योर कस्टमर फर्म भर्नुपर्ने छैन । राष्ट्रिय परिचयपत्रको प्रणालीबाट औँठाछापसहितको विवरण बैंकहरूले प्रयोग गर्न पाउनेछन् । यसबाट एकजनाको नाममा अरूले खाता खोल्ने, नक्कली कागजपत्रका आधारमा खाता खोल्ने प्रवृत्ति रोकिनुका साथै परिचयपत्र नम्बर राख्नेबित्तिकै कुनै व्यक्तिको कहाँ–कहाँ खाता छ भनेर थाहा हुनेछ ।

.gif)