चोरी गरेको आरापमा ३ जना पक्राउ
काठमाडौं । मोरङबाट प्रहरीले चोरी गरेको आरापमा ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ विभिन्न स्थानमा चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका ८ बस्ने विजय चौधरी, विराटनगर महानगरपालिका २ बस्ने मनिष मण्डल र बुढीगंगा गाउँपालिका २ बस्ने किशोर खड्का पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार चौधरी र मण्डलले विराटनगर महानगरपालिका ८ स्थित संगम चोकमा रहेको महेन्द्र माध्यामिक विद्यालयको कोठाको चाबी फोरेर कम्प्युटर मनिटर २ थान, सीपीयु १ थान, प्रिन्टर १ थान र धाराको सकेट २ थान चोरी गरेका थिए ।
सोही आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै खड्काले बुढीगंगा २ नै बस्ने निर्मल बस्नेतको घरबाट २४ हजार नगदसहित विभिन्न गरगहना चोरी गरेको प्रहरीको भनाई छ । सोही आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

.gif)