sevenstartv.com ९ पुष २०८२, बुधवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१७ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । झापाको विर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ श्रीजङ्घा गाउँपालिका-६ का २६ वर्षीय  सन्तोष लिम्बूको मृत्यु भएको हो ।

बिर्तामोड-शनिश्चरे रोडमा पर्ने डाँस पुलनजिक शुक्रबार साँझ बा ४९ प २१५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको जनाइएको छ । 

प्रहरीका अनुसार मोटरसाइकल पछाडि सवार श्रीप्रसाद लिम्बु गम्भीर घाइते भएका छन् । बीएण्डसी अस्पतालमै उनको उपचार भइरहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्