sevenstartv.com ९ पुष २०८२, बुधवार

संस्कृति प्रत्येक समाजको प्राण तत्व होः संस्कृतिमन्त्री पाण्डे

१७ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमत्री बद्रिप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताउनुभएको छ । 
शनिवार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्राण तत्व मजबुत भएपछि मात्रै बाहिरि स्वरुप मजबुत हुने उल्लेख गर्नुभयो । उहाँले नेपालीहरुको विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको समृद्धि, पुँजी भएको बताउनु भयो । उहाँले नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढंगले जोगाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले सबै भाषा, संस्कृतिलाई प्रवद्र्धन र संरक्षण गर्न सरकार तत्पर रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालीहरुको संस्कृति, विविधतापूर्ण संस्कृति र प्रकृति हाम्रो समृद्धि, पुँजी र सम्पती हो । यसलाई अघि बढाउने सन्दर्भमा हाम्रा प्रत्येक भाषा, अहिले १३१ वटा भाषा पुगेका छन् । नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढंगले कसरी जोगाउन सक्छौँ ।

प्रवद्र्धन र संरक्षण गर्ने दिशामा अघि बढ्छौँ । संस्कृति भनेको प्रत्येक समाजको प्राण हो । संस्कृति भनेको सफ्टवेयर हो । प्राण तत्व मजबुत भएपछि मात्रै बाहिरि स्वरुप मजबुत हुन्छ ।’मन्त्री पाण्डेले आगामी दिनमा राष्ट्रिय विभूति शंखधर शाख्वाले बोक्नुभएको दर्शनलाई अघि बढाउन एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्