रामेछापको उमाकुण्ड ६ गुप्तेश्वरमा बस दुर्घटना,एक जनाको मृत्यु र ७ जना घाइते
काठमाडौं । रामेछापको उमाकुण्ड ६ गुप्तेश्वरमा आज बिहान सहचालकले बस चलाउँदा दुर्घटना भएको छ । एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि दुई ७ जना घाइते भएका छन् । सहचालकले लापर्बाही साथ सवारी साधन चलाएको कारण सवारी दुर्घटना भएकोले प्रहरीले बताएको छ ।
उसलाई तत्काल कानूनी कार्बाही गरी घाइतेको उपचार गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ । दशैको समयमा पनि रामेछापको उमाकुण्ड ६ गुप्तेश्वर जाँदै गरेको सार्वजनिक बस दोलखाको चरिकोट नजिकै दुर्घटना भएको हो । उक्त बस पनि लापर्बाही साथ चलाएको र अर्को बसलाई ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको घाइतेहरुको भनार्ई छ ।

.gif)