बुढानिलकण्ठ नगरपालिका वडा नं १२ वडा कमिटि द्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न
काठमाडौं ।नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ वडा कमिटि कपनले देउसी भैंलो कार्यक्रम सम्पन्न गरको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले देउसी भैंलो कार्यक्रम शुक्रबार आयोजना गरेको हो ।
२ बजेबाट शुरु भएको उक्त देउसी भैलो कार्यक्रम साझ ६ बजे समापन गरिएको थियो । उक्त देउसी भैलो कार्यक्रम नेपालीहरुको महान चाठपर्वलाई जर्गेना गर्ने उदेश्यले मनाएको वडाअध्यक्ष शम्भुप्रसाद भटट्राईले बताउनुभयो । उहाँले हाम्रो मौलिक कला र संस्कृति हराउँदै गएको अवस्थामा सबैले एकताबद्ध भएर धर्म संस्कृति संस्कारको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
यस्तै वडा सदस्य शंकर भट्र्टराईले कला र संस्कृतिले एक आपसमा समझदारी ल्याउने र धार्मिक मान्यतालाई उजागर गर्न पनि देउसी भैलोको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले मानिसहरुबिचमा हातेमालो गर्दे अगाडी बढ्ने,हौसला प्रदान गर्ने संस्कार र संस्कृतिको संरक्षण हुने बताउनुभयो ।
उहाँले सोहि अनुरुप वडा कमिटिले वर्षेनी यस्ता कार्यक्रम गर्दे आएको बताउनुभयो । वडाको तिनवटा चोकमा कार्यक्रम आयोजना गरिएको थियो । वडा कमिटीले देउसी भैलो आर्दशनगरचोक बाट सुरु भएर राधाकृष्णचोक सम्म खेलेको थियो ।

.gif)