sevenstartv.com ९ पुष २०८२, बुधवार

भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने

१६ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।

भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५:१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्ने भएका हुन् । 

नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरवासीलाई आह्वान गरेको हो । 
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्