sevenstartv.com ९ पुष २०८२, बुधवार

मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

१६ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका-६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।  एक जना गम्भीर घाइते भएका छन् । तादी गाउँपालिका-३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । 

टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी-३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन् । निजको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्