हात्तीको आक्रमण बाट एक जनाको मृत्यु
काठमाडौं । रौतहटमा जङ्गली हात्तीको आक्रमण बाट एक जनाको मृत्यु भएको छ ।
फतुवाबिजयपुर नगरपालिका-११ बटुवा निवासी ७० वर्षीय पातली माया घिसिङको मृत्यु भएको हो । मृतक घिसिङ र श्रीमान् मात्रै जङ्गल क्षेत्रमा घर बनाई बसोबास गर्दै आएका थिए ।
आज बिहान हात्तीले घर भत्काउन थालेपछि दुवै जना भाग्ने क्रममा घिसिङलाई घर भन्दा २० मिटर पर आक्रमण गरी मारेको हो भने उनका श्रीमान् बुद्धिमान दोङ भागेर ज्यान जोगाएका थिए । घिसिङको शव पोस्टमार्टम गरी परिवारजनलाई बुझाउने बताइएको छ ।





