त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष शर्माको निधन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष चैतन्य शर्माको निधन भएको छ । बिहीबार ७३ वर्षको उमेरमा उनको निधन भएको हो ।
उच्च माध्यमिक विद्यालय शिक्षा परिषदका पूर्व उपाध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठनका संस्थापक महासचिव, मदनभण्डारी मेमोरियल कलेजका पूर्व क्याम्पस प्रमुख शर्माको ओम हस्पिटल चाबहिलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनका छोरा विदेशमा रहेकोले शर्माको भोलि बिहान अन्त्येष्टि गरिने छ ।

.gif)