sevenstartv.com ९ पुष २०८२, बुधवार

डडेल्धुरामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

१५ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । डडेल्धुरामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका-१ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु  भएको हो ।

उनलाई कात्तिक १२ गते घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला सदरमुकाम तुफानडाडाको डडेल्धुरा अस्पताल पुगाइएको थियो ।

डडेल्धुरा अस्पतालमा उनको उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो । धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि भारतको बरेलीको अस्पताल पुगाईएको थियो ।  बरेलीको एक अस्पतालमा उपचारकै क्रममा बिहिबार बिहान उनको मृत्यु भएको जनाइएको छ ।  

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्