sevenstartv.com ९ पुष २०८२, बुधवार

पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु

१३ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका-३ अगाहखोलामा दुइवटा ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका-३ बस्ने २३ वर्षीय भुवन सिंह रानाको मृत्यु भएको हो । 

बुटवलबाट पोखरा जाँदै गरेको लु१ख ९३५१ नम्बरको ट्रकले गएराति करिब ११ बजे ना१क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिंदा ९३५१ नम्बरको ट्रक चालकको मृत्यु भएको हो । उनलाई दायाँ खुट्टा च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा पठाएको थियो ।

त्यहीँ उपचारको क्रममा रानाको मृत्यु भएको प्रहरीले बताएको छ ।  ट्रकका सहचालक स्याङ्जाको वालिङ नगरपालिका १० बस्ने २१ वर्षीय सन्जित खवास थापाको हातमा चोट लागेको छ । उनको अवस्था सामान्य छ ।

सो घटनामा ना१क ७१२१ नम्बरको ट्रक चालक स्याङ्जाको वालिङ नगरपालिका ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल छन् । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्