sevenstartv.com ९ पुष २०८२, बुधवार

कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द हुने

१२ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । तिहारको उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द हुने भएको छ । 

सर्वोच्चको प्रशासन शाखाले आज जारी गरेको सूचनामा अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने उल्लेख छ । 

त्यसका लागि सुनुवाइ बिहान १२ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सूचनामा उल्लेख छ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्