दाङको प्रहरी हिरासतमा सशस्त्रका जवान मृत फेला
काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जवान प्रहरी हिरासतै मृत फेला परेका छन् ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।
प्युठानको वडडाँडा घर भएका मगर आफ्नै गञ्जी र टिसर्टको पासोमा झुन्डिएको अवस्थामा शौचालयमा मृत फेला परेको प्रहरीले बताएको छ । शौचालयमा बिहान पाँच बजेतिर उनी मृत अवस्थामा फेला परेका थिए । स्थानीय एक जना ८ वर्षीया र अर्की १४ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी कात्तिक ८ गते पक्राउ परेका थिए ।

.gif)