लागु औषधसहित एक जना पक्राउ
काठमाडौं । लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् । २४ वर्षीय प्रकाश लुड्वालाई पक्राउ परेका हुन् ।
धनुषा प्रहरीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले जनकपुरधाम १४ बाबा आयल सेन्टर अगाडिबाट भिमफेदी गाउँपालिका २ का लुड्वालाई २२१ के.जी.३८ ग्राम गाँजासहित गरेको प्रहरीले जनाएको छ ।
मकवानपुरको भिमफेदीबाट जनकपुरतर्फ आउँदै गरेको ना.५ ख. १७७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त ट्रकको पछाडिपट्टिको बडिको भागमा फल्स बटम बनाई लुकाई छिपाई गरी ल्याउँदै गरेको प्रतिबन्धित २ सय २१ केजी लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

.gif)