sevenstartv.com ५ पुष २०८२, शनिवार

भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा

११ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । बंगलादेश साफ महिला च्यम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ७-१ गोलले पराजित गर्दै बंगलादेशले फाइनलमा पुगेको हो । 

बंगलादेशका लागि तहुरा खातुनले ३ गोल तथा सबिना खातुनले २ गोल गरे। रितु चक्मा र मसुरा प्रविनले १र१ गोल गरे । भुटानका लागि एकमात्र सान्त्वना गोल डेकी लाजोनले गरिन् । भुटान अघिल्लो संस्करणमा पनि बंगलादेशसँग नै पराजित भएको थियो ।

दोस्रो सेमिफाइनलमा आज नेपाल र भारतबीच साढे ६ बजे प्रतिस्पर्धा हुनेछ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्