बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । बोलेरो गाडीको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । ५७ वर्षीय सोनु खड्काको मृत्यु भएको हो ।
लेखनाथस्थित आदर्श चोकमा आज ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

.gif)