पेस्तोलसहित सैनिक जवान पक्राउ
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर-१ रानीवनबाट पेस्तोलसहित एक सैनिक जवान पक्राउ परेका छन् । दैलेखको भगवती माई गाउँपालिका-७ घर भएका २४ वर्षीय अनिल खड्का छन् पक्राउ परेका हुन् ।
खड्का सेनाका जवान हुन् । उनी खड्ग दल गण रामेछापमा कार्यरत रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीलाई रानीवनबाट पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको जनाइएको छ ।
उनलाई अस्थायी प्रहरी बिट रानीवनबाट खटिएका असई डिलबहादुर खत्री नेतृत्वको टोलीले पक्राउ गरेको हो । उनको साथबाट अमेरिकन मेड अटोमेटिक पेस्ता बरामद गरिएको बताइएको छ ।

.gif)