sevenstartv.com ९ पुष २०८२, बुधवार

माटाका भाँडा बनाउने  कुमाल जातिलाई पेसा संकटमा पर्ने चिन्ता

११ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । दसैं पर्व जेनतेन टारेका कुमाल समुदाय अब तिहार र छठ पर्वको खर्च जोहो गर्न जुटेका छन् । नेपालीको दोस्रो महान् चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ । अघिपछिको समयमा फुर्सदिला बनेका उनीहरु दीपावली, तिहारजस्ता चार्डपर्वहरु आएपछि व्यस्त हुने गरेका छन्। चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दसैँ सकेलगत्तै कुमालहरु माटाका भाँडा बनाउन दिनरात नभनी जुटेका छन्। चाडपर्वका बेला बढी खपत हुने माटोको भाँडा माग अनुसारको पूरा गर्न यतिबेला कुमाले निकै व्यस्त देखिन्छन् ।

उमेरले ७० वर्ष पुग्गेका उपेन्द्र पण्डित आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामानहरु बनाउन यतिबेला चटारो छ । अनुभव र सीपले युवाहरु भन्दा पनि छिटो माटोका भाँडा उनि पर्वहरुको समयमा माटाका सामानहरुको माग बढेपछि बिहानैदेखि माटाका सामानहरु बनाउँछन् । उपेन्द्र घरपरिवार चलाउन पुख्र्यौली पेशाका साथै अन्य कामहरु पनि गर्छन् । 

माटोको सामग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै विक्री हुने गर्दछ । त्यसमध्ये दीपावली र छठ पनि हो । यही पेशाको भर पर्ने हो भने घर चलाउन हम्मेहम्मे पर्छ । त्यसैले घरपरिवार धान्न पुख्र्यौलीका साथै अन्य पेशा समेत अपनाउने गरेको कुम्हाल समुदाय बताउँछन् । उनले पहिलेभन्दा माटाको भाँडाकुँडाको व्यापार बढेता पनि मुल्यमा कुनै परिर्वतन भने आएको छैन् । महँगी बढिरहतो पनि आजभन्दा ५ वर्ष पहिले ५० रुपैँया पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ । २ रुपैँयामै पछिल्लो ५ वर्षदेखि माटोको दियो बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ ।

त्यहि कारण पनि  कुमाल जातिले परम्परादेखि माटोको भाँडा बनाउँदै आए पनि अहिलेका युवा पुस्ताले परम्परागत पेसालाई नअपनाएपछि बजारको माग धान्न गाह्रो भएको उनीहरू बताउँछन् । सरकारले माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवद्र्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उनिहरुको आशय छ । 

माटो किन्नेदेखि लिएर दाउरासम्मको मूल्य तिरेर एक महिनासम्म मेहनत गरेपनि मनग्य आम्दानी हुन नसक्दा कुम्हाल पेशामा लाग्न युवाहरु रुचाउँदैनन् । यसले कुम्हाल पेशा नै संकटमा पर्ने उनीहरु गुनासो गर्दछन् । त्यसैले यस्ता पेसा व्यवसायको संरक्षणका लागि व्यवसायीकरुपमा  बजारको प्रवद्र्धनमा सरोकारवाला निकायले गम्भिर भएर ध्यान दिन आवश्यक छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्