तत्काल नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारलाई अहिले नै गल्हत्याउने पक्षमा आफूहरु नरहेको बताएका छन्
अध्यक्ष दाहालले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको पनि दोहो¥याए । शनिवार काठमाडौंमा पार्टीद्वारा आयोजित खबरदारी सभामा बोल्दै उनले सडकबाट सरकार फेर्ने भन्ने काँग्रेस-एमाले नेतृत्वको सरकारलाई परेको भए त्यो भ्रममात्रै हुने पनि बताए ।
ढुक्कसँग सरकार चलाए हुने अध्यक्ष दाहालको भनाई थियो । उनले काँग्रेस-एमालेलाई बेइमान, भ्रष्ट, विचौलियाहरुको पार्टी भएको आरोप लगाउँदै अब प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताए ।
सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरुले सरकारलाई खवरदारी गरेको जिकिर गर्दै अध्यक्ष दाहालले त्यसमा तलमाथि भए सैह्य नहुने बताए ।
अध्यक्ष दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गरे । काँग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उनको भनाई थियो ।
अध्यक्ष दाहालले आफ्नो पार्टीले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर काँग्रेस र एमालेलाई जनस्तरबाट सजाय दिन चाहेको पनि बताए ।
अध्यक्ष दाहालले माओवादी धारका अन्य राजनीतिक दलहरुसँग एकता गरेर आफनो पार्टीले आगामी निर्वाचनमा जाने तयारी गरेको पनि बताए ।

.gif)