sevenstartv.com ९ पुष २०८२, बुधवार

मुलुकमा रातारात रोजगारी सृजना गर्ने अवस्था छैनः मन्त्री भण्डारी

१० कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा रातारात रोजगारी सृजना गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । 
शुक्रवार सिंहदरबारमा मन्त्रालयका गरेका सय दिनको उपलब्धिबारे जानकारी गराउने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । उहाँले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले भएको सम्भावनाहरुको खोजी गर्ने र त्यसलाई व्यवस्थित ढंगले अघि बढाउने गरी प्रविधिको विकासमा जोड दिएको दाबी गर्नुभयो । मन्त्री भण्डारीले सरकारले रोजगारीका सबै अवसरबारे आम जनतालाई जानकारी गराउनका लागि पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रलाई उपयोग गर्ने कामलाई अघि बढाएको बताउनु भयो । उहाँले रोजगारीको अवसर लुकाउने, छिपाउने काम भएको भन्ने गुनासो आएपछि आफूहरुले पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रमा ती सबै सूचना पुग्नेगरी एकीकृत सूचना प्रणालीको विकासमा लागेको उहाँको भनाई थियो । 
मन्त्री भण्डारीले भन्नुभयो, ‘हामीले अहिलेको अवस्थामा रातारात रोजगारी सृजना गर्ने अवस्था पनि छैन । तर जहाँजहाँ सम्भावना छ, त्यसका लागि व्यवस्थित गर्दै अघि बढ्नका निम्ति मलाई हौसला भएको छ । कुन देशमा जाने, कहाँ काम गर्ने, कस्तो काम छ भन्नेकुरा कसरी जान्न सकिन्छ ? भन्ने बारेमा हामी लागेका छौं । हाम्रो कोशिस प्रत्येक पालिकाको इएसीमा गएर कुन मुलुकबाट के काम आयो भन्नेकुरा त्यहाँका जनताले थाहा पाउन भन्ने हिसावले काम गरिरहेका छौं । त्यहाँ अब त्यसता कुरा लुकाउने, छिपाउने भन्नेकुरा अब रहँदैन । हाम्रो प्रयास प्रत्येक पालिकोको रोजगार सेवा केन्द्रसम्म सबै सूचनाहरु त्यहाँ एकीकृत हिसावले पुग्ने मेकानिज्म बनाउने गरी हामीले काम गरिराखेका छौं । ’ 
बाइट...शरतसिंह भण्डारी, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
मन्त्री भण्डारीले आन्तरिक रोजगारलाई व्यवस्थापन गर्न, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गर्ने कामलाई आफूले जोड दिएको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्