sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सरकारमा बसेकाहरुले एमालेसँग सहकार्य गरेपनि हामी प्रतिस्पर्धा छौंः शेखर कोइराला

१० कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजनीतिक स्थायित्यका लागि एमालेसँग मिलेर सरकार बनाएको बताएका छन्।नेपाली कांग्रेस कामपा(३२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सहमति अनुसार दुई बर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।

उनले भने, ‘उहाँहरुबीचको सहमति अनुसार दुई बर्ष ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। त्यसपछि शेरबहादुरजीले चुनाव गराएइर जाने कुरा छ कांग्रेसको चाहना पनि त्यही हो। तर, हामीहरुको प्रतिस्पर्धीं एमाले हो। सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ। हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ। एमाले प्रतिस्पर्धी पनि हो। सरकारमा पनि छौं। सरकारमा बसेकाहरुले सहकार्य गरुन् त बाहिर हामीहरु छौं हामीहरुले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ। होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ। यो कुरा हामीले नेतृत्वलाई बुझाउनुपर्छ।’


उनले चुनावी गठबन्धन रणनीतिक हुने भएपनि अहिलेदेखि नै एक्लै लड्ने तयारी गरेर जानुपर्ने जोड दिए।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्