राखेपका पूर्वसदस्य-सचिव जबराको निधन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव सुशील शमशेर जबराको निधन भएको छ । आज ९१ वर्षको उमेरमा निधन भएको हो । राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ वर्ष सम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए । राणा २०१७ सालदेखि २०२४ सालसम्म परिषद्को सदस्य सचिव थिए ।

.gif)