१४ किलो चाँदीसहित २ जना पक्राउ
काठमाडौं । १४ किलो चाँदीसहित २ जना पक्राउ परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित गमरगावाटोलका २७ वर्षीय सुरेश महतो पक्राउ परेका हुन् ।
प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा चेकजाँच गर्दा उनीहरूको साथबाट कुल १४ किलो चाँदी बराबर भएको हो । चाँदीको अनुमानित मूल्य २५ लाख ४ हजार ९ सय ५० रूपैयाँ बराबर रहेको जनाइएको छ ।

.gif)