sevenstartv.com १६ असार २०८३, मङ्गलवार

१४ किलो चाँदीसहित २ जना पक्राउ

९ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । १४ किलो चाँदीसहित २ जना पक्राउ परेका छन् ।  

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह सोनार र  जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित गमरगावाटोलका २७ वर्षीय सुरेश महतो पक्राउ परेका हुन् । 

प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा चेकजाँच गर्दा उनीहरूको साथबाट कुल १४ किलो चाँदी बराबर भएको हो । चाँदीको अनुमानित मूल्य २५ लाख ४ हजार ९ सय ५० रूपैयाँ बराबर रहेको जनाइएको छ ।