कञ्चनपुरमा श्रीमान-श्रीमती मृत फेला
काठमाडौं । कञ्चनपुरमा श्रीमान-श्रीमती मृत अवस्थामा भेटिएका छन् ।
लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला आज बिहान मृत भेटिएका हुन् । उनीहरू दुवै जना आज बिहान आफ्नै घरको आँगनमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ । अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ ।








