काठमाडौं महानगरपालिकाले माग्याे करियर क्याम्पको लागि २२ जना प्रशिक्षार्थी
काठमाडौं । काठमाडौं महानगरपालिकाले करियर क्याम्पको लागि २२ जना अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग, आर्किटेक्चरको माग गरेको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै कार्यक्रमका सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो । महानगरपालिकाका अनुसार कार्यक्रम अवधि ९ महिनाको रहनेछ भने सेवासुविधा मासिक २५ हजार रहने छ । काठमाडौं महानगरपालिका, सहरी योजना आयोगद्वारा अहिले करियर क्याप्प २०८१ कार्यक्रम सञ्चालन भइरहेको छ ।
‘सहरी योजना, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण भएकाहरूलाई ९ महिनाको लागि पूर्णकालीन प्रशिक्षार्थीको रूपमा छनोट गरी महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरूको संरचनागत प्रारूप, ड्रइङ्ग डिजाइन र लागत अनुमान तयार गर्ने तथा महानगरबाट हुँदै गरेका निर्माण कार्यहरूको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा प्रत्यक्ष रूपमा सहभागी गराई व्यावसायिक सीप, दक्षता, र अनुभव प्रदान गर्ने उद्देश्यले आवेदनका लागि यस सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ ।








