निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु
काठमाडौं । आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका(५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको बताइएको छ ।








