sevenstartv.com १६ असार २०८३, मङ्गलवार

विद्युत् प्राधिकरणले उद्योगीलाई दिएको म्याद आज सकिँदै

८ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीलाई दिएको म्याद आज  सकिँदै छ । बुधबरसम्म कुनै पनि उद्योगले यसबापतको बक्यौता तिरेका छैनन् । 

उद्योगीले अल्मिेटमलाई बेवास्ता गर्दै बक्यौता तिर्न अटेरी गरेपछि प्राधिकरण पुनः विद्युत काट्ने मनस्थितिमा पुगेको छ । त्यसका लागि प्राधिकरण सञ्चालकको समितिको बैठक अहिले केहीबेरमा बस्नेगरी बोलाइएको जनाइएको छ ।  बैठकले लाइन काट्ने या नकाट्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

उद्योगीको लाइन काट्ने पक्षमा प्राधिकरण रहे पनि सरकार भने नजिकै आएको तिहार पर्व र लेखा समितिलाई देखाउँदै तत्काल लाइन काट्न नहुने पक्षमा छ । प्राधिकरणले गत असोज ४ गते बक्यौता रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित ६१ उद्योगीलाई पुनः पत्र पठाएको थियो । एक उद्योगीले पनि समयसीमाभित्र बक्यौता नतिरेपछि यो विवाद पुनः चर्किने देखिएको छ ।