sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

७ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका ७ धनहारी गाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

धनहारीस्थित महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेका माधवनारायण नगरपालिका ९ का विजय सहनीकी श्रीमती २४ वर्षीय रिङकु देवी सहनीको मृत्यु भएको हो । खेतमा राखेको आफनै ठेला ल्याउने क्रममा मेलामा जडान गरी ल्याएको विद्युतीय तारबाट करेन्ट लागी उनी घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम भै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।