sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरूको बैठक

७ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक डाकेका छन् । बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ । अहिले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा सत्तारुढ दलहरूभित्र मतभिन्नता छ । सो विषयमा पनि छलफल हुने सक्ने बुझिएको छ । यद्दपि प्रधानमन्त्री ओलीले अहिले अध्यादेश ल्याउने सरकारको तयारी नभएको बताएका छन् ।

त्यस्तै संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन र त्यसपछि उत्पन्न भएका राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्