sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

पर्वतमा असिनाले धानबालीमा क्षति

६ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पर्वत जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ ।

कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।

जिल्लाको कुश्मा र फलेवास  गरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्‍याएको हो । केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो । 

 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्