धादिङको धार्के-सितापाइला सडक अनिश्चितकालका लागि बन्द
काठमाडौं । धादिङको धार्के-सितापाइला सडक आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो ।
धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले आइतबार एक सूचना जारी गर्दै सडक बन्दको जानकारी दिएका हुन् । धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको वडाध्यक्षले जारी गरेको सूचनामा उल्लेख छ ।








