sevenstartv.com १६ असार २०८३, मङ्गलवार

पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

४ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको आज बिहान उपचारकै क्रममा निधन भएको हो । 

साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए । ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।