sevenstartv.com ५ पुष २०८२, शनिवार

महिला टी-२० विश्वकपले नयाँ च्याम्पियन पाउँदै

४ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । महिला टी-२० विश्वकपको उपाधि भिडन्त आज हुने भएको छ । फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने-सामने हुँदैछन् । फाइनलपछि महिला टी-२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ ।

न्युजिल्याण्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्ड १४ वर्षपछि टी-२० महिला विश्वकपमा पहिलो पटक फाइनलमा पुग्यो । 

दक्षिण अफ्रिकाले लगातार दोस्रो पटक फाइनल खेल्ने भएको छ । घरेलु मैदानमा भएको पछिल्लो संस्करणमा दक्षिण अफ्रिका उपाधि भिडन्तमा अस्ट्रेलियासँग निराश बनेको थियो। त्यसैले दक्षिण अप्रिकाका लागि अस्ट्रेलियाविरुद्धको जित बदला पनि भएको छ ।

समूह ‘ए’ विजेता बनेर सेमिफाइनलमा पुगेको अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १३४ रन बनाएको थियो । एनेके बोस्चले ४८ बलमा अविजित ७४ रनको सम्झनलायक पालि खेलेपछि दक्षिण अफ्रिकाले १७।२ ओभरमै दुई विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

कप्तान लउरा भोल्भार्टले पनि ३७ बलमा ४२ रनको उपयोगी पालि खेलिन्। यस नतिजासँग अस्ट्रेलियाले महिला विश्वकपमा १५ खेलपछि हारको स्वाद चाखेको छ। सन् २००९ पछि अस्ट्रेलिया महिला विश्वकपमा  पहिलो पटक पराजित भएको हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्