sevenstartv.com १६ असार २०८३, मङ्गलवार

खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर एक जनाकाे मृत्यु, दुई घाइते

२ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । महोत्तरीमा जंगली जनावरबाट बालीनाली जोगाउन लगाएको विद्युतीय बारबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।  दुई बालिका घाइते भएका छन् ।

गौशाला नगरपालिका ३ पचानटोलका विनोद महतोले लगाएको बारमा करेन्ट प्रवाह भएको नांगो तारमा करेन्ट लागेर स्थानीय १४ वर्षीया करिना महतोको मृत्यु भएको हो । करिनालाई करेन्ट लागेपछि बचाउन गएका १८ वर्षीया राधाकुमारी महतो र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बिहान साढे ७ बजेतिर उनीहरु काम गर्न खेततिर पुगेको बेला बारमा छाडिएको नांगो तारमा करेन्ट लागेको थियो । करिनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।