कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक ३ दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । मकवानपुरको कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने भएको बताइएको छ ।
दुवै सडकको वैकल्पिक मार्ग हेटौंडा-भैँसे-पालुङ-काठमाडौं र कान्तिलोकपथ-हेटौँडा–ठिंगन-काठमाडौं प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।








