sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सेयर बजार २.४७ अंक बढ्यो

१ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज नेप्से बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो । 

नेप्से बढेसँगै कारोबार पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर कारोबार भएको छ । ८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । 

आज ३१६ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । बजार खुल्ला रहँदासम्म ८० हजार ५९५ पटक शेयर किनबेच भयो ।  १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी म्युचुअल फण्ड समूह १.४० प्रतिशतले बढेर २१.२८ विन्दुमा पुगेको छ । सबैभन्दा कम निर्जीवन लाइफ समूह ०.७५ अंकले बढेर १३ हजार १९७.१८ विन्दुमा पुगेको छ । 

वाणिज्य बैंक समूह ०.४० प्रतिशतले, फाइनान्स ०.५१ प्रतिशतले, लगानी समूह ०.७१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.२१ प्रतिशतले, अन्य समूह ०.३६ प्रतिशतले बढेको हो । सबैभन्दा बढी ट्रेडिङ समूह २.१० प्रतिशतले घटेर ३ हजार ६५२.२० विन्दुमा आएको छ भने सबैभन्दा कम जलविद्युत समूह ०.१२ प्रतिशतले घटेर ३ हजार ३१०.६८ विन्दुमा आएको छ । विकास बैंक समूह ०.६४ प्रतिशतले, होटल एण्ड टुरिजम १.४८ प्रतिशतले, जिवन बीमा ०.२४ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले घटेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्